दफा
सचिवालयको स्थापना
(१) संघीय संसदको काम कारबाही सुचारु रुपले सञ्चालन गर्न तथा संघीय संसद सेवाको सञ्चालन र व्यवस्थापन गर्ने काम समेतको लागि संघीय संसद सचिवालयको स्थापना गरिएको छ ।
(२) सचिवालयमा महासचिव, सचिव तथा आवश्यक संख्यामा कर्मचारी र मर्यादापालक रहनेछन्।